भारतीय पूर्व प्रधानमन्त्री आज नेपाल आउँदै

बिहिबार, भदौ २१, २०७५

काठमाडौं । नेपाल आउने भारतीय भीभीआईपीहरुको संख्या बाक्लिन थालेको छ । तीर्थाटनका रुपमा नेपाल आउने क्रममा आज पूर्वप्रधानमन्त्री एचडी देवगौडा काठमाडौं आउँदै छन् । भारतका पूर्व प्रधानमन्त्री तथा लोकसभाका सांसद एच डी देवे गौडा पशुपति दर्शनका लागि नेपाल आउन लागेका हुन् ।

अन्तर्राष्ट्रिय मैत्री समाज नेपालको संयोजनमा उनी नेपाल आउन लागेका हुन । बिहान काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । शुक्रबार पशुपतिनाथमा पूजाआजा गरी उनी भोलि नै नयाँ दिल्ली फर्कने कार्यक्रम छ ।

नितान्त व्यक्तिगत र धार्मिक भ्रमण भएपनि राजनीतिक भेटवार्ता गर्ने पनि बताइएको छ । यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १५ भदौमा पशुपतिनाथ दर्शन गरेका थिए भने त्यही दिन काठमाडौं आएका भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी १६ भदौमा कैलाश मानसरोवरतर्फ लागेका थिए । देवेगौडा यो पटक नेपाल भ्रमण गर्ने तेस्रो भीभीआइपी हुनेछन् ।

205 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank