प्रगतिशील लेखक संघ भारतको प्रतिनिधिमण्डल नेपालमा

बुधबार, जेष्ठ २, २०७५



काठमाडौं/राजस्थान प्रगतिशील लेखक संघको चार सदस्यीय प्रतिनिधिमण्डलले बुधबार प्रेस काउन्सिलमा अवलोकन भ्रमण गरेको छ । सो अवसरमा आयोजित छलफल कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य सचिव तथा सूचना विभागका महानिर्देशक बालकृष्ण घिमिरेले खादा मालाले पाहुना टोलीको स्वागत गर्दै आपसी सहकार्य र समन्वयबाट नै मैत्रीपूर्ण सम्वन्ध जीवन्त रहने धारणा राखे ।

राजस्थान प्रगतिशील लेखक संघका महासचिव ईशुमधु तलवारले दुई देशका लेखक, पत्रकारहरुवीच आपसी सम्वन्धलाई जोड दिने र यस क्षेत्रलाई थप उर्जाशील बनाउन सहयोग पुग्ने धारणा राख्दै न्यानो आतिथ्यताका लागि धन्यवादव्यक्त गरे ।

मधेशी पत्रकार समाजका अध्यक्ष मोहनकुमार सिंहले भ्रमण दलका सदस्यहरुको संयोजन गरेका थिए । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्यहरू सुदर्शन आचार्य, गोविन्दप्रसाद चौंलागाईँ, चेतनाथ धमला, मुख्य अधिकृत झविन्द्र भुसाललगायतको सहभागिता थियो ।

136 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank