भारत सोमबार पुन: चन्द्रयान प्रक्षेपण गर्दै

बिहिबार, साउन २, २०७६



नयाँ दिल्ली । भारतले चन्द्रयान प्रक्षेपण गर्ने नयाँ मिति घोषणा गरेको छ । गत साता प्रक्षेपणको पूर्वसन्ध्यामा इन्धन चुहिएका कारण अन्तिम समयमा प्रक्षेपण स्थगित भएको थियो ।

यससँगै भारतले आगामी सोमबार चन्द्रयान पुन: प्रक्षेपण गर्ने घोषणा गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ) ले आगामी सोमबार अपराह्न २ बजेर ४३ मिनेटमा चन्द्रयान–२ को प्रक्षेपण गरिने घोषणा गरेको छ ।

भारतले चन्द्रमामा भूउपग्रह अवतरण गराउने महत्वकांक्षी अभियान सफल बनाउन केही वर्षदेखि प्रयास गरिरहेको छ । रसिया, अमेरिका र चीनले यसमा सफलता प्राप्त गरिसकेका छन् ।

भारतले यस परियोजनामा करिब १४ करोड अमेरिकी डलर खर्चिएको छ । अन्तरिक्ष विज्ञानका क्षेत्रमा यो हालसम्मकै सबैभन्दा सस्तो अभियान मानिएको छ । आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट उक्त यान प्रक्षेपणको तयारी गरिएको इसरोले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata