अनुमति बिना तीन भारतीय प्रहरी दैलेख पुगे

मङ्लबार, चैत्र ४, २०७६



काठमाडौं । तीन जना भारतीय प्रहरी पाेसाकमा दैलेख सदरमुकाम पुगेका छन ।   बिना जानकारी भारतीय प्रहरी दैलेख पुगेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

भारतको हरियाणा प्रदेशस्थित एक घरमा काम गर्ने नेपालीले चोरी गरेकाले चोरलाई पछयाउँदै नेपाल आइपुगेको उनीहरुले बताएका छन । ती कामदारले भारतको हरियाणा प्रदेशस्थित एक घरमा परिवारलाई खानामा विष मिलाएर २५ लाख भारु चोरी गरी भागेका थिए।

भारतीय प्रहरीका सई विजय विवेकको नेतृत्वमा ३ जना प्रहरीसहित ४ जनाको टोली दैलेख आएपछि प्रहरीले उनीहरुलाई नियन्त्रण लिएको थियो । उनीहरुले पोशाक लगाउनु हुँदैन भन्ने थाहा नभएको बताएपछि उनीहरुलाई माफि दिएर छोडिएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments