बाबु–छोराको शक्ति संघर्ष सिनेमाभन्दा सनसनीपूर्ण

सोमवार, पुस १८, २०७३

loading...


भारतको उत्तर प्रदेशको सत्तारुढ पार्टीका अध्यक्ष मुलायम सिंह यादवले शुक्रबार आफ्नै छोरा अखिलेश र भाई रामगोपाललाई ६ वर्षका लागि पार्टीबाट निष्काशन गरे । तर, पार्टीमा देखिएको विवाद २४ घन्टा नपुग्दै नाटकीय ढंगले विवाद समाधान भयो र कारवाही फिर्ता भयो ।

उत्तर प्रदेशको मुुख्यमन्त्री समेत रहेका अखिलेशले त्यसको दुुई दिनमा बुवालाई नै पार्टीको अध्यक्षबाट निस्कासित गरे । सन् २०१७ मा हुने विधानसभा निर्वाचनमा उम्मेदवार चयनका विषयलाई लिएर समाजवादी पार्टीमा चरम विवाद उत्पन्न भएको छ ।

सोमबार नयाँ अध्यक्ष घोषित गरिएका अखिलेशले बोलाएको अधिवेसन बुवा मुलायम सिंह यादवले स्थगित गरिदिएका छन् । सोमबार १२ बजेपछिको समय लखनउमा रहेको समाजवादी पार्टी कार्यालय तनावपूर्ण छ ।

समाजवादीपार्टीमा बाबु–छोरा र यादव परिवारभित्रको राजनीतिक द्वन्द्व हिन्दी सिनेमाको पटकथाभन्दा कम सनसनीपूर्ण बनेको छ । पार्टीको राष्ट्रिय अध्यक्षबाट बुवा मुलायम सिंह यादवलाई हटाएर राष्ट्रिय अध्यक्ष बनेका अखिलेस बुवाको कदमले फेरि तनावमा दपरेका छन् । पार्टी विभाजन भइसकेको छैन तर विभाजनको संघारमा पुगेको छ ।

बुवा मुलायमले छोराको अधिवेसन बोलाउने घोषणालाई ’गैरकानुनी’ भन्दै आगामी ५ तारिखमा पार्टीको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने नयाँ घोषणा गरेका छन् । बाबु-छोराबीच शक्ति प्रदर्शनको होडबाजी नै चलेको थियो । पार्टी कार्यालय छोरा अखिलेस गुटले नियन्त्रणमा लिएको छ । बुवा मुलायमसिंहको स्वास्थ्य अवस्था विग्रीएको छ । उनी उच्चरक्तचापको रोगी छन् ।

केही समयअघि अखिलेश र मुलायमका अर्का भाई शिवपाल यादवबीचको शक्ति संघर्षका कारण पनि पार्टीमा संकट देखिएको थियो । अहिले पार्टीको आधिकारीक निर्णय गर्ने अधिकार कसको भन्ने विवाद सुरु भएको छ । छेरा अखिलेसले बोलाएको अधिवेसन बुवा मुलायमले स्थगित गरिएपछि आधिकारीकता विवाद सृजना भएको छ ।

अब निर्वाचन आयोगले त्यसको फैसला गर्नुपर्ने देखिएको छ । अधिवेसन बोलाउने अधिकार पार्टीको विधान अनुसार अध्यक्षलाई मात्रै छ । दुुइटैले आफु राष्ट्रिय अध्यक्ष भएको दावी गरिरहेका छन् ।

490 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv