भारतीय किसानको दिल्ली मार्च

शनिबार, मंसिर १५, २०७५



दिल्ली । मोदी सरकारको नीति बिरुद्ध आवाज बुलन्द गर्दै फेरी एक पटक देशभरका किसान संसद मार्च गर्न दिल्ली प्रस्थान गरेका छन । भारत भरका किसानहरुको ॠण माफी र अनाजको डेढ गुना समर्थन मुल्य लगायतका माग राख्दै विभिन्न राज्यका किसान राजधानी दिल्लीमा भेला भएका छन ।

दुई दिवसीय किसान मुक्ति मार्च आज भारतीय संसद तर्फ अगाढी बढेका छन । र्यालीमा सहभागी किसानहरुले सरकार र प्रशासनलाई चेतावनी दिंदै भनेका छन । यदी हामी हरुलाई संसद भवन तर्फ मार्च पास गर्न नदिए नाङ्गो प्रदर्शन गर्नेछौं । तत्कालको निम्ती किसानहरु केवल दुई मागलाई बिषेष जोड दिएका छन । उनी हरुको पहिलो माग बिगतमा लिएको सबै ॠण मिनाहा रहेको छ भने दोश्रोमा लागतको डेढ गुना मुआब्जा चाहेका छन ।

तेश्रो मागमा उनीहरु विशेष संसद सत्र चाहान्छन । जसले किसानको सबै समस्याको सम्बोधन गरोस । ऐतिहासिक रामलीला मैदान भरी रातो टोपी लगाएका र रातो झण्डा लिएका किसानहरु ‘अयोध्या नहीं, कर्ज माफी चाहिए’ भन्ने नारा लगाई रहेका छन ।

उनीहरु बिहिवारको रात रामलीला मैदानमा बिताउँदै शुक्रवार आफ्नो माग लिएर संसद तर्फ मार्च पास गरेका थिए । किसानहरुको उक्त आन्दोलनलाई डाक्टर, वकील, पूर्व सैनिक, व्यबसायिक वर्ग , बिद्धार्थीहरुको साथै समाजका तमाम मानिसहरुको साथ र समर्थन मिलिरहेको छ । किसानहरुको समर्थनमा बिभिन्न राजनैतिक पार्टीहरु समर्थनमा खुल्दै छन । जसको कारण सरकारले कडा सुरक्षा ब्यबस्थाको बन्दोबस्त गरेको छ ।

123 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank