प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण सफलः भारतीय नेताहरू

आइतवार, चैत्र २५, २०७४



नयाँदिल्ली । भारतीय नेताहरूले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने राजकीय भारत भ्रमण अत्यन्तै फलदायी र सफल भएको प्रतिक्रिया दिएका छन् । पत्रकार ऋषि धमलाले भारतीय नेताहरूसँग प्रतिक्रिया दिँदा भ्रमण सफल र फलदायी भएको बताएका हुन् । भारतीय गृहमन्त्री राजनाथ सिंहले भने, ‘ओलीजीको भ्रमण सफल भयो, यो भ्रमणसँगै अब नेपालमा विकास र समृद्धिको ढोका खुलेको छ ।

भ्रमण कोशेढुँगा सावित भएको छ, म त निकै खुशी र उत्साही छु ।’ उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा देखिएका सबैखाले असमझदारी पनि यो भ्रमणसँगै हटेको विश्वास दिलाए । सिंहले नेपालको प्रगतिको लागि भारतले सदैव सहयोग गर्दै आएको र आगामी दिनमा झनै सहयोग बढाउने वचन दिए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अरुण तेस्रोको शिल्यान्यास गर्न छिट्टै नेपाल भ्रमणमा जाने पनि जानकारी दिए ।

नागरिक उड्यनमन्त्री सुरेश प्रभुले पनि प्रधानमन्त्री ओलीको भ्रमण सफल र फलदायी भएको टिप्पणी गरे । भ्रमणको क्रममा ओलीको प्रस्तुति लोभ लाग्दो भएको उनले जनाए ।
नेपालमा छिट्टै रेलमार्ग र जलमार्गको निर्माण हुने र कृषिमा क्रान्ति गर्ने समेत उनको विश्वास थियो ।

कानून, न्याय, विद्युत तथा प्रविधिमन्त्री रविशंकर प्रसादले प्रधानमन्त्री ओलीको तीनदिने नेपाल भ्रमण फलदायी भएको विश्वास दिलाए । उनले ओलीको भ्रमण नेपाल–भारत द्धिपक्षीय सम्बन्धलाई नयाँ आयाममा पुर्याउन कोशेढुँगा सावित भएको जनाए ।

भाजपाका महासचिव राममाधवले पनि ओलीको भ्रमणले द्धिपक्षीय सम्बन्धमा नयाँ अध्याय र आयाम थपिदिएको प्रतिक्रिया दिए ।

कंग्रेस आईका महासचिव द्धिगविजय सिंहले आफूहरूले पहिले पनि नेपालमा विकासको युगको सुरु हुनुपर्छ भनेको र अहिले पनि त्यो चाहना यथावत रहेको सुनाए ।

भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सिताराम यचुरीले पनि ओलीको भारत भ्रमणसँगै नेपाल र भारतबीचको सम्बन्धमा नयाँ अध्याय सुरु भएको बताए ।

227 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank