भारतीय ह्याकरहरुद्वारा नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक गर्दै भारतकाे झण्डा राखे

आइतवार, जेष्ठ ११, २०७७



काठमाडौं । नेपाल भारतको सिमा विवाद पश्चात भारतले नेपाल विरुद्ध अनेक किसिमका जाल प्रपन्च रञ्न थालेको छ ।
भारतीय ह्याकरहरुले आइतबार नागरिक उडयन प्राधिकरणको वेबसाइड ह्याक गर्दै भारतको झण्डा राखेका छन ।

उनीहरुले क्यानको साइटमा भारतीय झण्डा राखेका छन् । साइट ह्याक गर्नेले आफूलाई टिम आइक्रुु नाम दिएको छ । उनीहरुले ‘फिल द पावर अफ इण्डियन ह्याकर’ भन्ने समेत उल्लेख गरेका छन् ।

वेवसाइड ह्याक गर्नुले नेपालको अस्मीता माथि धावा बोलेको प्रष्ट भएको छ । नागरिक नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले आफूहरुले ह्याकबारे जानकारी पाएको र यसलाई मर्मतको लागि माथिल्लो निकायमा जानकारी गराएको बताएका छन ।

भारत सरकारले जारी गरेकाे नयाँ नक्सामा नेपालकाे कालापानी र लिपुलेक समावेश गरिएसँगै नेपाल सरकारले विराेध नाेट पठाएकाे थियाे । पटक पटक वार्ताकाे लागि पहल गर्दा पनि भारत सरकारले उपयुक्त समयमा वार्ता गर्ने अाश्वसन दिएकाे थियाे । हालै भारत सरकार लिपुलेक हुँदै मानसराेबर जाने सडक उद्घाटनसँगै सरकारले त्यसकाे बिराेधमा नयाँ नक्सा जारी गर्ने निर्णय गर्दै प्रकाशित गरेकाे छ । याे कुटनीतिक विषय भएकाले वार्ता र सम्वाद एक साथ अघि बढाउने सरकारले लक्ष हुँदा हुँदै पनि भारतीयहरूले दादागिरी देखाउँदै नागरिक उड्ययन प्राधिकरणकाे वेबसाइड ह्यक गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments