भारतीय निर्भरता समाप्त

नेपालपाटी टिप्पणी

आइतवार, भदौ २४, २०७५



काठमाडौं । संविधान सभाद्वारा संविधान जारी हुना साथ मधेश आन्दोलनको बहानामा आर्थिक नाकाबन्दी गर्न पछि नपरेको दक्षिणको छिमेकी फेरी एक पटक निरास हुन पुगेको छ ।

सन् १९५० को शान्ति तथा मैत्री सन्धि र सन् १९६५ को  नेपाल भारत सुरक्षा सहयाेग सम्झाैतापछि औपचारीक ,अनौपचारिक दुबै रुपमा आफ्नो प्रभावमा नेपाललाई राख्न सफल रहेको सर्वसधारण नागरिक समेतले चाल पाइसकेका छन् । नेपालको अर्थतन्त्र ध्वस्त पार्न सफल नाकाबन्दीकै समयमा बाध्यात्मक रुपमा चीन पुगेको तत्कालिन ओली सरकारले ट्रान्जिट र ट्रान्सपोर्ट सम्झौतामा हस्ताक्षर गर्न सफल भएको थियो ।

मधेश आन्दोलनलाई देखाउँदै सिंहदरवार माथि अनुचित प्रभाव र दवाब कायम राख्ने भारतीय मनसुवामा पानि हाल्दै चीनसँग खोजिएको व्यापारीक सम्बन्ध, भारतको दीर्घकालिन निर्भरता समाप्त गर्न केहि प्राविधिक काम बाँकी थियो ।  चीन सरकारको आधिकारिक निकाय र नेपाल सरकारको प्रतिनिधिबीच सम्पन्न नयाँ सम्झौता अनुसार तेस्रो मुलुकसँग कारोबार गर्न नेपाली व्यापारीलाई बन्दगाह सम्म पुग्नका लागि रेल वा सडक मार्ग प्रयोग गर्न ईजाजत मिलेको छ ।

चीन सरकारसँग ट्रान्जिट एण्ड ट्रान्सपोर्ट एग्रिमेन्ट (टिटिए)लाई अन्तिम रुप दिन उधोग,बाणिज्य तथा आपूर्ती मन्त्रालयको सचिव रवि शंकर सैंजु त्यस तर्फ गएका थिए । नेपाललाई चीन सरकारले अन्तराष्ट्रिय व्यापारको लागि समुन्द्रसम्मको पहुँच दिन राजी भएको नयाँ सम्झौता अनुसार तिव्वतको सिगात्से हुँदै नेपालसम्म आउने ट्रक र कन्टेनरहरुलाई प्रमिट समेत मिल्ने छ । जसले नेपालको व्यापारमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ । विगतमा नेपालको तेस्रो देशसँगको व्यापार केवल भारतीय बन्दरगाहमा मात्रै सिमित थियो ।

चिनियाँ विदेश मन्त्रालयको भनाई अनुसार नेपालले चीनको सेन्जेन,लिआनयुयाङ, झाजियाङ र तियानजेन सम्म सजिलै पुग्न सकिने छ । चीनसँग सबैभन्दा नजिक रहेको बन्दरगाह तियानजेन काठमाडौबाट करिव तीन हजार किलोमिटर टाढा रहेको छ । सुख्खा बन्दरगाहको रुपमा नेपालले लझाउ, ल्हासा र सिगात्सेलाई प्रयोग गर्नेछ । भुपरिवेष्ठित मुलुक नेपाल गत शुक्रबार देखी तेस्रो मुलुकसँग व्यापारिक कारोबार गर्न सफल हुँदा भारतसँगको निर्भरता हटेको छ । जसले भारतीय राजनीतिमा कम्पन्न ल्याउन सफल भएको छ ।

china port

चीन र भारतसँग समदुरीमा रहने ओली सरकारको घोषित नीति व्यहारमा उतार्दै अघि बढे मुलुकले आर्थिक उन्नतीसँगै समृद्धिको ढोका खुल्नेछ ।  भारतीय सत्ताको राजनीतिक प्रभाव र बजार, चीनियाँ सत्ताको तिब्बत चासोलाई राजनैतिक तवरले सम्बोधन गर्न कुटनितिक पहललाई विशेष ढंगले बढाउँदै अघि बढे तीनै देशको भलाई हुनेछ । चीन र नेपाल सरकारकोबीच सम्पन्न टिटिएलाई भारतले राजनैतिक वा व्यापारिक झट्का मानिराख्नु जरुरी देखिदैन ।

945 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank