भारतमा मृत्यु हुनेको संख्या १५ सय नाघ्यो

मङ्लबार, बैशाख २३, २०७७



काठमाडौं । भारतमा कोरोना संक्रमणका कारण १ हजार ५६८ को मृत्यु भएको छ । आज(मंगलबार) बिहानसम्म ४६ हजार भन्दा धेरैमा कोरोना संक्रमण देखिसकेको छ ।

१२ हजार ७२७ संक्रमित उपचार पछि निको भइसकेका छन् । ३२ हजार १३८ जना अहिले संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ९ सय संक्रमित थपिएका छन् भने १७५ जनाको मृत्यु भएको छ । भारतमा १७ मे सम्म लकडाउन छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments