चीन र भारतका सेनाबीच लद्दाखमा धक्कामुक्की

शुक्रबार, भदौ २७, २०७६



एजेन्सी । लद्दाख क्षेत्रमा  भारत र चीनका सैनिकबीच संघर्षको अवस्था आएको  द टाइम्स अफ इण्डियाले जनाएको छ । सो पत्रिकाका अनुसार बुधबार पूर्वी लद्दाखमा भारत र चीनका सैनिकबीच त्यस्तो अवस्था सिर्जना भएको थियो । उनीहरुबीच केही समय धक्कामुक्कीको अवस्था समेत सिर्जना भएको थियो ।

यो घटना १३४ किमी लामो पैंगोंग झीलको उत्तरी किनारामा भएको हो । जसको दुई तिहाई हिस्सा चीनको नियन्त्रणमा रहेको छ ।
स्रोतलाई उद्धृत गर्दै सो समाचारमा जनाइएअनुसार भारतीय सैनिक गस्तीमा थिए र जब उनीहरुको सामना चीनको पिपुल्स लिब्रेसन आर्मीका जवानसँग भयो चीनका सैनिकले यस क्षेत्रमा भारतीय सैनिकको उपस्थितिको विरोध गरेका थिए ।

साँझ अबेर सम्म झगडाको अवस्था सिर्जना भएको थियो । झगडापछि भारत र चीनका सैनिकहरु व्रिगेडियरको तहमा संवाद गर्न तयार भएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata