भारतको लोकपाल सदस्यको कोरोनाको कारण मृत्यु

आइतवार, बैशाख २१, २०७७



एजेन्सी । भारतको लोकपालका न्यायिक सदस्य अजय कुमार त्रिपाठीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । उनी छत्तिसगढ हाइकोर्टका पूर्व न्यायाधीश पनि थिए ।

शनिबार मृत्यु भएका उनलाई पछिल्लो साल मार्चमा कानुन मन्त्रालयले लोकपाल सदस्य बनाएको थियो । लोकपाल सदस्य भए पछि उनले न्यायाधीश पदबाट राजीनामा दिएका थिए ।

अप्रिल २ मा स्वास्थ्यमा समस्या देखिए पछि उनी दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका थिए । उनको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको बीबीसीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments