१६ वर्षपछि आईसीसी विश्वकपमा भिड्दै भारत र न्युजिल्यान्ड

बिहिबार, जेष्ठ ३०, २०७६



एजेन्सी । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा आज(बिहिबार) भारत र न्युजिल्यान्ड भिड्दै छन् ।  इङ्ल्यान्डको नाटिङ्घममा खेल हुँदै छ ।

यस सिजनमा खेलेका तीन वटा खेलमा तीन वटैमा जित हात पारेको न्युजिल्यान्ड र उत्कृष्ट लयमा देखिएको भारतबीचको खेल रोचक हुने क्रिकेटप्रेमीहरु बताईरहेका छन्  ।

विश्वकपमा यी दुई टोलीको भेट १६ वर्षपछि हुन लागेको हो । यसअघि भारत र न्युजिल्यान्डबीचको भेट सन् २००३ मा भएको विश्वकपमा भएको थियो । सन् २००३ मा भारतीय टोलीको नेतृत्व सौरभ गांगुलीले गर्दा न्युजिल्यान्डमाथि ७ विकेटले भारतले जित निकालेको थियो । त्यसपछि यी दुई टोलीको भेट विश्वकपमा भएको छैन ।

खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेबाट शुरु हुनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank