बेलायत-इरान तेल ट्यांकर विवादमा भारत पनि मुछियो !

आइतवार, साउन ५, २०७६



एजेन्सी । इरानले गत शुक्रबार कब्जामा लिएको बेलायतको स्टेला इम्पेरो नामको बेलायती तेल ट्यांकरको  चालक दलका २३ सदस्यमा १८ जना भारतीय नागरिक भएको बताइएको छ ।

भारतीय विदेशमन्त्रालयका प्रवक्ता रभीसकुमारले भनेका छन्,‘‘हामी घटनाक्रमको बारेमा थप जानकारी लिइरहेका छौं । भारतीय नागरिकलाई चाँडै रिहा सुनिश्चित गर्न र उनीहरुलाई देशमा फिर्ता ल्याउनका लागि हाम्रो मिसन इरान सरकारको सम्पर्कमा रहेको छ ।’’

सामुन्द्रिक मामला महानिर्देशक अल्लाहमोराद अफीफीपोरको  अनुसार हार्मिज खाडीको  लिइएको स्टेना इम्पेरोको क्रु-सदस्यमा १८ भारती, ५ रुसी, लातवियाई साताही फिलिपनी नागरिक सामेल थिए ।  उनको बयान अनुसार बेलायती झण्डा फर्फराईरेहको सो ट्यांकरको कप्तान भारतीय नागरिक नै थिए  ।

एक इरानी नौकामा ठक्कर खाएपछि सो तेल ट्यांकरले  जफत गरिएको इरानले बताएको छ ।  बेलायतले यदि इरानले तेल ट्यांकर तत्काल नछोडे त्यसबाट गम्भीर परिणाम उत्पन्न हुने चेतावनी दिएको छ । बेलायतले आफ्नो जहाजलाई केही समयको लागि हर्मिजको खाडीबाट टाढा रहन आग्रह समेत गरेको छ ।

तेल ट्यांकर इरानले नियन्त्रणमा लिएको घटनापछि मध्य पूर्वमा तनाव बढ्दै गइरहेको छ । यसको पहिला बेलायतले एक इरानी जहाजलाई जिब्राल्टरमा नियन्त्रणमा लिएको थियो । सो तेल ट्यांकरलाई युरोपेली नियम उल्लंघन गरेर सिरियाको लागि कच्चा तेल लिएर गएको आरोप लगाइएको थियो ।  अमेरिका र पश्चिमी देशहरुको इरानसँगको सम्बन्ध बिग्रिएको भएपनि भारतको सम्बन्ध भने राम्रो रहेको छ । भारत इरानको सबैभन्दा ठूलो तेल ग्राहक मध्येमा पर्दछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata