भारत पाकिस्तानको घटनाले नेपाल पनि प्रभावित

आइतवार, फाल्गुन ५, २०७५



काठमाडौं । कास्मिरको पुलवा जिल्लामा बिहीबार ४४ भारतीय सैनिकको आतंकवादी हमलापश्चात मृत्यु भएपछी भारत र पाकिस्तानवीच थप तनाव बढेको छ । दुई देशवीच तनाव गहिरिँदै जाँदा त्यसको बाछिटा नेपाल लगायतका साना छिमेकी देशमा पर्न सक्ने खतरा देखिएको छ ।

आतंकको जिम्मेवार पाकिस्तानी चरमपन्थी संगठन जैश-ए- मोहम्मदले लिइसकेको छ । तर, यसमा पाकिस्तान सरकारको समेत हात रहेको भन्दै भारतले यो आक्रमणको बदला लिई छाड्ने बताएको छ ।

पाकिस्तान सरकारले आतंकवादीले गरेको आक्रमणमालाई निराधार दोष लगाइएको भन्दै आपत्ति जनाएको छ । घटना दुःखत भएता पनि पाकिस्तानमाथि भारतले दोष लगाउनु आपत्तिजनक रहेको पाकिस्तानको तर्क छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेर भारतीय सेनाको दुःखद निधनप्रति गहिरो दुःख प्रकट गरिसकेका छन् । यो घटनाले नेपाल सरकार भारतको साथमा रहेको स्पष्ट पारेको छ ।

पुलवाको  बिस्फोटको घटनापछि भारत र पाकिस्तानवीचको सम्बन्धमा तनाव त आएको छ नै, साथै यस घटनामा अमेरिका र चीनसमेत तानिन सक्ने भारतीय मिडियाको प्रस्तुतीबाट स्पष्ट हुन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata