भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लागु

बुधबार, कार्तिक २७, २०७६



एजेन्सी ।  भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लागु गरिएको छ । नयाँ सरकार बन्न नसकेपछि  राष्ट्रपति रामनाथ कोविन्दले यस सम्बन्धी मन्जुरी दिएका हुन् ।

हालै भएको विधान सभा निर्वाचनमा भारतीय जनता पार्टी सबैभन्दा ठूलो दल भएकोमा उसलाई सरकार बनाउनका लागि पर्याप्त सिट भने प्राप्त भएन । शिव सेनासँग चुनावी तालमेल भाजपाले गरेकोमा सरकार बनाउने विषयमा भने उनीहरुबीच कुरा मिलेको थिएन । त्यहाँका गभर्नरले सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरे पनि कसैको पक्षमा पनि बहुमत नजुट्ने अवस्था आएपछि अहिलेलाई महाराष्ट्रमा राष्ट्रपति शासन लगाइएको हो ।

महाराष्ट्रका पूर्वमुख्यमन्त्री देवेन्द्र फडनवीसले एक वक्तव्य जारी गरी राष्ट्रपति शासन लगाउनुपर्ने अवस्था दुर्भाग्यपूर्ण भएको जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata