भोलिबाट २१ दिनका लागि भारतमा ‘लकडाउन’

मङ्लबार, चैत्र ११, २०७६



एजेन्सी । कोरोना संक्रमण रोक्न भारतले भोलिबाट लागू हुनेगरी २१ दिन लामो लकडाउन गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २१ दिन लामो लकडाउन गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री मोदीले देशका नाममा सम्बोधन गर्दै मंगलबार मध्यरातदेखि तीन साता भारतभर लकडाउन गर्ने घोषणा गरेका छन् ।

उनले यसअघि १९ मार्चमा देशवासीका नाममा सम्बोधन गर्दै २२ मार्चमा जनता कर्फ्यु घोषणा गरेका थिए । भारतका केही राज्यहरुले जनता कर्फ्युलाई निरन्तरता दिइरहेका छन् ।

भारतमा कोरोनाबाट ५१९ संक्रमित भएका छन् भने १० जनाको मृत्यु भएको छ । ३९ संक्रमित निको भएर घर गएका छन्

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments