भारत सर्वाधिक कोरोना संक्रमित देशको नवौँ स्थानमा उक्लियो

शुक्रबार, जेष्ठ १६, २०७७



एजेन्सी । छिमेकी देश भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संक्रमित हुनेको संख्या १ लाख ६५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ३ सय थपिएसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ६५ हजार नाघेको हो । भारतमा एकै दिनमा थपिएको यो संख्या अहिलेसम्मकै बढी हो ।

यो सँगै अब भारत सर्वाधिक कोरोना संक्रमित देशको नवौँ स्थानमा पुगेको छ । बिहीबार टर्कीलाई पछि पार्दै भारत नवौँ स्थानमा पुगेको हो ।

टर्कीमा १ लाख ६१ हजार संक्रमित छन् । जसमध्ये १ लाख २४ हजार निको हुँदा ४ हजार ४ सय संक्रमितले ज्यान गुमाएका छन् ।

त्यस्तै, गत २४ घण्टामा भारतमा १ सय ७७ जनाले ज्यान गुमाएका छन् । योसँगै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ७११ पुगेको छ ।

दिनहुँ संक्रमितको संख्या बढिरहेको भारतमा अहिलेसम्म ७० हजार ९ सय व्यक्ति उपचारपछि घर फर्किसकेका छन् । अहिले त्यहाँ ८९ हजार ७ सय संक्रमितको उपचार जारी छ । जसमध्ये ८ हजार ९ सयको अवस्था गम्भीर रहेको छ ।

विश्वका २ सय १५ देशमा फैलिएको कोरोनाबाट शुक्रबार बिहानसम्म ५९ लाख ४ हजार व्यक्ति संक्रमित भएका छन् । जसमध्ये २५ लाख ७९ हजार निको हुँदा ३ लाख ६१ हजार संक्रमितको मृत्यु भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments