भारतमा रेलको ठक्करबाट चार महिलाको मृत्यु

शुक्रबार, माघ १९, २०७४



नयाँ दिल्ली । भारतको पश्चिमी राज्य बिहारमा गुडिरहेको एक रेलले ठक्कर दिँदा चार महिलाको मृत्यु भएको समाचार छ । सडकमा सँगसँगै हिँडिरहेका पाँचजनामध्ये एकजना घाइते भएको समाचारमा जनाइएको छ ।

पटनाबाट १३४ किलोमिटर उत्तरपश्चिममा रहेको सिवान जिल्लाको कचारी रेल स्टेसननजिकै सो दुर्घटना भएको छ । रेलको पटरीबाट बाटो पार गर्न लागेका पाँच महिला सो दुर्घटनामा परेका र ती मध्ये चारको भने दुर्घटनास्थलमा मृत्यु भएको बताइएको छ ।

ती महिला गोपालगञ्ज क्षेत्रका स्थानीय वासिन्दा हुन् । यस घटनामा घाइते भएकी एक महिलालाई तत्कालै बिशेष उपचारको लागि पटना अस्पतालमा पठाइएको छ ।

भारत सरकारले सन् २०१५ मा पाँच वर्षको समयावधिमा नयाँ रेल मार्गको निर्माण गरी दु्रतगति र आधुनिक रेलसेवाको लागि १३७ अर्व अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ ।

भारत विश्वको तुलनामा रेलसेवा सञ्जालमा तेस्रो देशमा पर्दछ । भारतमा दुई करोड ३० लाख व्यक्तिले दैनिकरुपमा रेलमा यात्रा गर्ने गर्दछन् ।

145 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank