कोरोना कहर : भारतमा एकैदिन २४ जनाको मृत्यु, संक्रमितको संख्या ५ हजार नाघ्यो

बुधबार, चैत्र २६, २०७६



एजेन्सी । छिमेकी देश भारतमा विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५ हजार नाघेको छ ।

मंगलबार एकैदिन ५ सय ७३ नयाँ संक्रमित थपिएसँगै भारतमा संक्रमितको संख्या ५ हजार ३ सय ५० नाघेको हो ।

वर्ल्डमीटर इन्फोका अनुसार भारतमा २४ घण्टामा २४ जनाले ज्यान गुमाएका छन् । योसँगै त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६० पुगेको छ ।

यस्तै, भारतमा ४६८ विरामी उपचारपश्चात निको भएर घर फर्केका छन् छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments