कोरोना महामारीः भारतमा एकैदिन ८७५ संक्रमित थपिए, २२ जनाको मृत्यु

शनिबार, चैत्र २९, २०७६



एजेन्सी । छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या साढे ७ हजार ६ सय पुगेको छ । शुक्रबार एकैदिन ८७५ संक्रमित थपिएसँगै भारतमा संक्रमितको संख्या साढे ७ हजार नाघेको हो ।

वर्ल्डमीटर इन्फोका अनुसार भारतमा शुक्रबार एकैदिन थपिएको यो सबैभन्दा बढी संक्रमित संख्या हो । यसअघि त्यहाँ एकदिनमा सबैभन्दा बढी संक्रमितको ८०९ जना थियो ।

यस्तै, पछिल्लो २४ घन्टामा मात्रै भारतमा २२ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या २४९ जना पुगेको छ । भारतमा  ६ हजार ५ सय ५७ कोरोना संक्रमितको उपचार जारी रहँदा ७७४ व्यक्ति भने निको भएपछि घर फर्किसकेका छन् । त्यहाँ हालसम्म १८ लाख ९ हजार १ सय ११ जनामा कोरोना परिक्षण भएको छ ।

शनिबार बिहानसम्म विश्वका २१० मा फैलिएको कोरोनाबाट झण्डै १७ लाख संक्रमित भइसकेका छ । जसमध्ये १ लाख २ हजार ७ सय ३४  को मृत्यु हुँदा ३ लाख ७६  हजार ३ सय बढी संक्रमित उपचारपछि निको भएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments