चीनको नियन्त्रणमा रहेका १० भारतीय सैनिक रिहा

शुक्रबार, असार ५, २०७७



काठमाडौं । चीनको नियन्त्रणमा रहेका १० भारतीय सैनिक रिहा भएका छन । गत सोमबार गलवान घाँटीमा भएको झडपका क्रममा चिनियाँ सेनाले नियन्त्रणमा लिएका १० जना भारतीय सैनिकलाई रिहा गरेको हो ।

हिंसात्मक झडपका क्रममा चीनले नियन्त्रणमा लिएका उनीहरुलाई रिहा गरेको भारतको पत्रिका द हिन्दूले सैनिक स्रोतलाई उदृत गर्दै मेजर जनरल स्तरको वार्तापछि भारतीय सैनिक रिहा गरेको उल्लेख गरेको छ ।

रिहा हुनेहरुमा एक लेफ्टिनेन्ट कर्णेल र तीन जना मेजर समेत रहेका छन । साथै कोहि पनि सैनिक वेपत्ता नरहेको द हिन्दूले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments