भारतीय प्रधानमन्त्री मोदीको अरुणाञ्चल भ्रमणको चीनद्वारा कडा विरोध

आइतवार, माघ २७, २०७५



एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अरुणाञ्चल प्रदेशको भ्रमणलाई लिएर चीन सरकारले कडा शब्दमा विरोध जनाएको छ ।  चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिंङले प्रधानमन्त्री मोदीको भ्रमणले सीमा प्रश्न जटिल बन्ने जनाएको छ ।

चीन सरकारले अरुणाञ्चल प्रदेशलाई दक्षिण तिब्बतको हिस्सा मान्दै आएको छ । जसको कारण चीनले संम्बेदनसिल सिमान्त प्रदेशको मान्यता आज सम्म दिएको छैन् ।  चीन भारत सीमा सवालमा चीनको धारणा सुसंगत र सुस्पष्ट रहेको चिनियाँ विदेश मन्त्रालयको दाबी रहेको छ । गत शनिबार भारतीय प्रधानमन्त्री अरुणाञ्चल प्रदेशको भ्रमणमा निस्के सँगै चीनले दृढता पुर्वक विरोध गर्दै वेवसाइड मार्फत कडा प्रतिक्रिया जनाएको छ ।

चीन भारतीय पक्षलाई आग्रह गर्दछ कि दुई देशको साझा हितलाई ध्यान दिओस । चिनियाँ पक्षको हित र चिन्तालाई सम्मान गरोस । दुई पक्षीय सम्बन्धमा सुधारको गतिलाई निरन्तरता राखोस । यस्तो कुनै कार्य नगरोस जसले विवादलाई बढावा देओस । उक्त सीमा क्षेृत्रको विवाद मिलाउन चीन र भारतले २१ पटक वार्ता गरिसकेको स्मरण गरोस भन्ने चीन चाहान्छ ।

203 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank