भारतीय इच्छा अधुरै रहयो !

शुक्रबार, मंसिर १४, २०७५



माल्दीभ्स । माल्दीभ्सको सरकारले भारतीय मिडियाकाे दाबीलाई असत्य बताउँदै भनेको छ । माल्दीभ्सको जमिनमा कुनै पनि देशको सेनालाई बस्न दिइनेछैन् ।  भारतीय दाबीलाई असत्य भन्दै माल्दिभ्स विदेश मन्त्री अब्दुला साहिदले मिडियासँग उक्त कुरा बताएका हुन् ।

भारतले एक तर्फी गरिरहेको प्रचारमा माल्दिभ्सलाई भारतको सहयोगको बदलामा भारतीय सेना राख्ने वेस क्याम्प दिइएको छ । मन्त्री साहिदले ट्वीटर अकाउण्मा भनेका छन् । भारतले आर्मी बेस क्यामका निम्ती प्रस्ताव राखेको सत्य भए पनि उक्त प्रस्तावलाई मानेको कुरा आधारहिन हो ।

हामी देशका जनतालाई बताउन चाहान्छौं कि वर्तमान सरकार हमेसा राष्ट्रको फाइदालाई ध्यान राखेर काम गर्नेछ । साथै हामी त्यस्तो कुनै अन्तराष्ट्रिय सम्बन्ध स्थापित गर्दैनौं जसले देशको सम्प्रभुता र स्वतन्त्रता सँग सम्झौता गर्न परोस ।

भर्खरै निर्वाचित भएका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको सपथ ग्रहण समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित हुँदै आर्थिक सहयोग गर्ने पछि मिडियामा गराइएको भारतीय प्रचारबाजीको जवाफ दिएका हुन् ।

173 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank