भारतीय वायुसेनाको हेलिकप्टर दुर्घटना

बुधबार, चैत्र २, २०७३



एजेन्सी । भारतको उत्तरप्रदेशस्थित इलाहावादमा भारतीय वायुसेनाको एक हेलिकोप्टर दुर्घटना भएको छ । आज बिहान भएको दुर्घटनामा हेलिकोप्टरका पाइलट भने सुरक्षित रहेको जनाइएको छ । अवतरणको क्रममा रहेको हेलिकोप्टर दुर्घटना भएको हो ।

उक्त हेलिकोप्टर नियमित ट्रेनिङका क्रममा उडान भरिरहेको अवस्थामा दुर्घटना भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

केही अघि राजस्थानको बाडमेरमा पनि भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना भएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank