पर्खाल लड्दा भारतको राजस्थानमा २२ को मृत्यु

बिहिबार, बैशाख २८, २०७४



काठमाडौं । भारतको राजस्थानमा विवाह समारोह चलिरहेको बेलामा पर्खाल लड्दा त्यसमा किचिएर कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

पाहुनाहरू भारी वर्षा भएपछि एउटा टिनको झुप्रोमा ओत लागिरहेको बेलामा पर्खाल लडेको थियो । घटनामा अन्य २६ जना घाइते भएका छन् । तीमध्ये १५ जना गम्भीर घाइते छन् । स्थानीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार विवाहमा पर्खालसँगै खानेकुराको स्टल राखेको थियो ।

‘पर्खाल तथा त्यससँगै टाँसिएको टिनको झुप्रो तुफानका कारण लडेको थियो,’ प्रहरी अधिकारी अनिल टंकले भने । पर्खाल १२ फीट अग्लो र लगभग ९० फीट लामो थियो । त्यो लड्दा धेरै पाहुना च्यापिएका थिए । ‘घाइतेहरूलाई नजिकैका अस्पतालमा लगिएको र उपचार गराइएको छ,’ टंकले भने।

505 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank