क्रिकेट विश्वकपको सेमिफाइनल भिडन्त आज, कसले मार्ला बाजी ?

मङ्लबार, असार २४, २०७६



एजेन्सी । भनिन्छ क्रिकेट अनिश्चितताको खेल हो । क्रिकेटको रोमान्चकता त्यहि अनिश्चितता भित्र रहेको छ ! क्रिकेट भित्र सधै मडारिरहने अनिश्चिततालाई पार गर्दै १२ औं विश्वकप क्रिकेटको सेमिफाइनलमा आफ्नो स्थान निश्चित गर्न चारवटा देशका टिमहरु सफल भएका छन् । विश्वका क्रिकेटप्रेमीहरुले आतुरतापूर्वक कुरिरहेको पहिलो सेमिफाइनलको खेल आज भारत र न्युजिल्यान्डबीच ओल्ड ट्राफोडको क्रिकेट मैदानमा हुँदै छ ।

विराट कोहलीको नेतृत्वमा रहेको भारत र केन विलियमसनको कप्तानीमा सेमिफाइनलको स्थान पुगेको न्युजिल्यान्डबीच आज हुने खेलको नतिजा कसको पक्षमा ढल्कने छ भन्न कठिन छ । वर्तमान समयमा क्रिकेटमा एक नम्बरको स्थान सुरक्षित राख्न सफल भारत बलियो टिम रहेतापनि न्युजिल्यान्डसँग उसको विगत सन्तोषजनक मान्न सकिन्न । जारी विश्वकपमा लिग चरण अन्तर्गतको खेलहरुमा भारतले एक खेलमा हार व्यहोर्दै प्रथम स्थानमा पुग्न सफल भएको छ भने  लगातार तीन खेल हारेर पनि रन रेटको आधारमा चौथो स्थान कायम गर्दै भारतसँग प्रतिस्पर्धा गर्ने मौका पाएको न्युजिल्यान्डले  आजको खेल खेर जान नदिन सक्ने क्रिकेट विश्लेषकहरुको धारणा रहेको छ ।

कुन टिम कति बलियो ?

भारत र न्युजिल्यान्डबीच विगतमा खेलिएका १०६ एकदिवसीय खेलहरुमा भारतले ५५ जित हासिल गरेको छ भने न्युजिल्यान्डले ४५ जित आफ्नो खातामा राखेको छ । विविधकारणले ५ खेल रद्द भएका छन् भने एक खेल बराबरीमा टुंगिएको छ ।

भारत VS न्युजिल्यान्ड

एक दिवसीय : १०६

भारत: ५५

न्युजिल्यान्ड: ४५

रद्द : ५

बराबरी : १

भारत VS न्युजिल्यान्ड विश्वकपमा:

विश्वकपमा विगतमा खेलिएका भारत-न्युजिल्यान्डका खेलमा न्युजिल्यान्डको पल्ला भारी छ भने भारत न्युजिल्यान्डलाई पछ्छाई रहेको आँकडाले देखाउँछ । आजसम्म विश्वकपमा खेलिएका न्युजिल्यान्ड-भारतका ७ खेलको नतिजामा न्युजिल्यान्डले ४ मा जित हासिल गरेको छ भने भारतले ३ जितमा सन्तोष गर्न बाध्य भएको छ ।

खेल : ७

भारत : ३

न्युजिल्यान्ड : ४

भारत र न्युजिल्यान्डबीच पछिल्ला २ वर्षमा खेलिएका आठ एकदिवसीय खेलमा  भारतले ६ खेलमा जित हासिल गरेको छ भने न्युजिल्यान्डले केवल २ खेल मात्र जित्न सफल भएको छ ।

विश्वकपमा भारत र न्युजिल्यान्डको भेट १६ वर्ष पछी भएको छ । सन् २००३ को विश्वकपपछी विभिन्न समयमा न्युजिल्यान्ड र भारतबीच भएका सिरिजहरुको अनुभव पोख्ने पछिल्लो अवसर आजको खेलमा हुने क्रिकेट विश्लेषकहरुको धारणा रहेको छ ।

जारि विश्वकपमा रोहित शर्मा जबर्जस्त ब्याटिङ र जसप्रित बुमराहको घातक बलिङले हौसिएको भारतलाई कडा टक्कर दिने कप्तान केनको टिमसँग  निसाम र ग्राण्डहोमको किफायती बलिङ मात्र होइन चुस्त फिल्डीङ गर्ने तागत रहेको छ । केन र टेलरको ब्याटिङ चम्केको खण्डमा भारतलाई कडा टक्कर दिने बलिङ न्युजिल्यान्डसँग मौजुद रहेको अवस्थामा आजको खेलमा टसको महत्व अत्यन्त रहेको क्रिकेट विश्लेषकको राय छ ।

खेल नेपाली समयअनुसार दिउँसोको ३:३० बजे बाट शुरु हुनेछ  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank