नगरपालिकाद्वारा एकल पुरुषलाई प्रोत्साहन भत्ता

मङ्लबार, असार १६, २०७७



बझाङ । जयपृथ्वी नगरपालिकाले एकल पुरुषलाई प्रोत्साहन भत्ता दिइने नीति अगाडि सारेको छ ।आगामी आर्थिक वर्ष २०७७/७८ मा सो भत्ताको व्यवस्था गरिने नीति पारित गरिएको छ ।

नगरपालिकाकी उपप्रमुख जुना जाग्रीले नीति तथा बजेटमा उक्त व्यवस्था सार्वजनिक गरेकी हुन ।५० देखि ७० उमेर ननाघेको कुनै किसिमका भत्ता नपाउने एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने व्यवस्था मिलाएको नगर प्रमुख वीरेन्द्र खड्काले जानकारी गराए ।

यस अघि ७ नम्बर वडा कार्यालयले आर्थिक बर्स २०७५/७६ मा वडा भरिका एकल पुरुषलाई प्रोत्साहन भत्ता बापत एकमुष्ट प्रतिव्यक्ति रकम २५०० उपलब्ध गराएको थियो । अब यही कार्यक्रमलाई नगर कार्यपालिकाले नीति निर्माण गरी नगरभित्र रहेका एकल पुरुषलाई प्रोत्साहन भत्ता बापत तीन लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत मङ्गल शाहीले बताएका छन् । साथै उनले भने -नगरका सबै वडाभरि एकल पुरुषको तथ्याङ्क सङ्कलन भइरहेको बताए । एकल पुरुषलाई प्रोत्साहन बापत सम्मान गरिने नगर प्रमुख वीरेन्द्र खड्काले बताएका छन् ।

नगरमा३०० जनाको हाराहारीमा एकल पुरुष रहेका छन् । चालु आर्थिक वर्षमा नगरपालिकाको संशोधित अनुमान ५७ करोड ६८ लाख ८६ हजार बजेट प्रस्तुत गरिएको छ । चालु खर्च रु ३२ करोड ३७ लाख बजेट रहेको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments