पाकिस्तानी इतिहासमा पहिलो हिन्दु महिला न्यायाधीशमा नियुक्त

बुधबार, माघ १६, २०७५



इस्लामावाद । पाकिस्तानको इतिहासमा पहिलो हिन्दु महिला न्यायाधीशमा नियुक्त भएकी छिन् । न्यायिक अधिकारको परिक्षा पास गर्दै सुमन कुमारीले इतिहास रचेकी हुन् ।

पाकिस्तानी मिडिया डन न्युजले जनाए अनुसार, सिभिल न्यायाधीश सुमन कुमारीले सिन्ध प्रान्तमा सेवा गर्ने छिन् । सिन्ध प्रान्तको कम्बर शहदादकोटमा बस्ने सुमन कुमारीले कानुनमा एलएलबी परिक्षा हैदरावादबाट र मास्टर कराची विश्वविद्यालयबाट  उत्रिर्ण गरेकी थिइन् ।

बुवा पवन कुमार बोदनले बताए अनुसार, सुमन कुमारी शहदादकोटका गरीबलाई विना पैसा कानुनी सहायता पुर्याउन चाहान्छिन् । न्यायाधीश नियुक्त भए सँगै सुमनले भनिन् ,आफुले चुनौतीपूर्ण पेसा रोजेको हुनाले कडा मेहनत र इमान्दारी नै आफ्नो सफलताको आधार हुनेछ ।

पाकिस्तानको वर्तमान जनसंख्याको करिब १.८५ प्रतिशत हिन्दु पाकिस्तानमा बसोवास गर्छन् । उनको नियुक्ती पछि पाकिस्तानमा हिन्दु समुदाय अत्यन्त उत्साहित देखिएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata