नेकपामा ८ केन्द्रिय सदस्यले गरे सचिव पद अस्वीकार

मङ्लबार, बैशाख १०, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका  आठ जना  केन्द्रिय सदस्यहरुले जिल्ला सचिव पद अस्वीकार गर्ने भएका छन् । गत जेठ ३ गते पूर्व एमाले र  माओवादी केन्द्र एकिकरण गर्दै निर्माण गरिएको नेकपामा माओवादी केन्द्रको तर्फबाट केन्द्रिय सदस्य बनेका थिए ।

  करिब एक वर्ष देखी थाँती रहेकाे पार्टीकाे पूर्ण एकता प्रकृयालाई पूर्णता दिने क्रममा तत्कालिन नेकपा माओवादी केन्द्रबाट नेकपाका  केन्द्रिय सदस्य बनेका ८जनालाई  जिल्ला सचिवको जिम्मेवारी दिइएको हो ।गत सोमबार नेकपाले एकता प्रकृयालाई पूर्णता दिने क्रममा नेकपाका ८ जना केन्द्रीय सदस्य जिल्ला सचिवमा घटुवा  भएपछि उनीहरुले आक्रोश व्यक्त गरेका हुन् ।

केन्द्रिय सदस्यबाट सचिवको पदको जिम्मेवारी पाउनेमा गोपी अछामी (मोरङ),श्रवण यादव (धनुषा),डाचाराज वाग्ले (सर्लाही),युवराज भट्टराई (रौतहट),दावा तामाङ (सिन्धुपाल्चोक),हिमाल शर्मा (काठमाडौं),शालिकराम जमरकट्टेल (धादिङ) र दधिराम न्यौपाने (रुपन्देही) रहेका छन् ।

 केही नेताले मंगलवार बिहानै अध्यक्ष दाहाललाई भेटेर असहमति पत्र बुझाएका छन भने केहीले एसएमएसमार्फत जिल्ला सचिवको पदीय जिम्मेवारी लिन नसकेनन् जानकारी गराएका छन् । उनीहरुले आफूहरुको सहमती विना गरिएको उक्त कार्य नमान्ने भन्दै आक्रोश व्यक्त गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank