‘भारतले पाकिस्तानमाथि आक्रमण गर्न सक्छ’ – प्रधानमन्त्री खान

सोमवार, पुस ७, २०७६



एजेन्सी । भारतमा जारी नागरिकता संसोधन विधयेकलाई लिएर  पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मुख खोलेका छन्  । उनले भारतले आफ्नो घरेलु विरोध प्रदर्शनको ध्यान मोड्नका लागि पाकिस्तानविरुद्ध कुनै अपरेसन गर्न सक्ने पूर्वानुमान सहितको ट्वीट गरेका छन्।

पाकिस्तानका प्रधानमन्त्रीले भनेका छन्, ‘‘भारत यस्तो हिन्दु राष्ट्रवादमा लामबद्ध हुनको लागि युद्ध उन्मादलाई भड्काउन चाहिरहेको छ । यदि यस्तो भयो भने पाकिस्तानका साथ मुखतोड जवाफ दिनुभन्दा अर्को विकल्प हुँदैन ।’’

पाकिस्तानका प्रधानमन्त्रीले ट्विट गर्दै भनेका छन्, ‘‘भारतले जम्मु काश्मीरमा अहिलेसम्म सबैलाई कैद गरेर राखेको छ । यदि त्यहाँ प्रतिबन्ध हट्ने हो भने आमहत्याको आशंका रहेको छ । यदि भारतमा यस खालको विरोध प्रदर्शन बढ्दै गयो भने पाकिस्तानमाथि भारतको खतरा अझै बढ्नेछ । भारतीय सैनिक प्रमुखको भनाईले हाम्रो यो चिन्तालाई अझै आश्वस्त गर्दछ ।’’

IMRAN KHAN TWEET ABOUT INDIA'S CAA

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments