विगत सरकारको गलत नीतिका कारण पाकिस्तानमा महंगी: प्रधानमन्त्री खान

आइतवार, मंसिर ८, २०७६



एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने, पाकिस्तानमा बढ्दै गइरहेको महंगीको कारण विगतका सरकारले लिएको गलत आर्थिक नीति नै हो ।  नगद संकटले घेरिएको पाकिस्तानमा पछिल्लो समय अत्यधिक मृल्यबृद्धि भएको आरोपको जवाफ दिदै पंजाब प्रान्तको एक जनसभालाई संम्बोधन गर्दै खानले भने, सरकारको ढुकुटीमा कम विदेशी मुद्रा भण्डार, वित्तिय र चालु खाता घाटा सहित तमाम आर्थिक समस्याहरु विरासतमा मिलेको हो ।

उनले भने, सन २०१८ को अगष्टमा तहरीक- ए- इन्साफ पार्टीको सत्तामा आगमन हुँदाको बखत नै अर्थव्यवस्था नाजुक हालतमा थियो ।  विगतको सरकारले आरक्षित डलरको खर्च पाकिस्तानी रुपैयालाई स्थिर गर्न लगाउने गरेको बताउँदै उनी सत्तामा आउँदा वैदेशीक मुद्राको संचित पर्याप्त नरहेको कारण हालको समस्या आएको बताए । हाल पाकिस्तानी रुपैया डलरको तुलनामा ३५ प्रतिशत अवमुल्यन भएको कारण महंगी बढेको बताए ।

उनले जोड दिदैं भने, विगत एक वर्ष देखी सरकारले गरेको अथक मेहनत र सुधारको कार्यक्रम  पछि अर्थव्यवस्था सुधार तर्फ अगाडि बढेको जनाए ।  विगत चार वर्ष देखी निरन्तर हुँदै आइरहेको मुद्रा अवमुल्यन रोकिने र आर्थिक स्थीरता तर्फ उन्मुख हुने बताए । विगत चार वर्षमा पहिलो पटक चालु खाता घाटामा कमी आएको उनले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata