परमाणु हतियार सम्पन्न मुलुकमा सानो युद्ध हुँदैन – प्रधानमन्त्री खान
सोमवार, भदौ १६, २०७६

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले इस्लाम शान्तिको धर्म भएको तथा आतंकवादको धर्मसँग कुनै सम्बन्ध नरहेको बताएका छन् । ५६ औं कन्भेन्सन अफ इश्लामिक सोसाइटी अफ नर्थ अमेरिका (आइएसएनए)लाई आइतबार सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री खानले इश्लामले शान्ति सिकाउने र कुनै पनि एक व्यक्तिको गल्तीको लागि पूरै समुदायलाई बदनाम गर्न नहुने जनाएका छन् ।
उनले आतंकवादलाई धर्मबाट जोड्न नमिल्ने उल्लेख गर्दै आखिर मुसलमानलाई संदीग्ध रुपमा किन देखिन्छ भन्दै युरोपमा पनि धार्मिक स्थलमा हमला भएको जनाएका छन् । उनले काश्मीरमा भारतले आतंकवादलाई पनि धर्मसँग जोड्ने गरेको जनाए । उनले काश्मीरको तनावको बारेमा बोल्दै परमाणु युद्धको भयावहताको बारेमा चर्चा गरेका थिए ।
उनले यदि परमाणु शक्ति सम्पन्न देशका बीच लडाईं भएमा यो सानो युद्ध नहुने समेत जनाए । मुश्लिम देशका शासकसँग आफूले कुरा गरेको जनाउँदै उनले भारतका केही मान्छेले अझै पनि नेहरु र गान्धीको विचारधारामा भरोसा गर्ने गरेको तर मोदी प्रधानमन्त्री बनेपछि हालत बदलिएको समेत जनाए । उनले अन्तर्राष्ट्रिय समुदायले काश्मीरलाई लिएर आफ्नो भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments