कश्मीरको विशेष दर्जा खोस्नु मोदी सरकारको ऐतिहासिक गल्ती: प्रधानमन्त्री खान

मङ्लबार, भदौ १०, २०७६



एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गत सोमबार कश्मीर मुद्धामा डरलाग्दो टिप्पणी गरेका छन ।  भारतीय सरकारले कश्मीरलाई दिदैं आएको विशेष दर्जा खारेज गर्नुलाई उनले ऐतिहासिक गल्ती भनेका छन । मोदी सरकारले गरेको ऐतिहासिक गल्तीको कारण कश्मीरलाई पूर्ण आजादीको बाटो खोलिदिएको छ ।

तमाम प्रयासको बावजुद कश्मीर मुद्धामा दुनियाँभरको ढोका बन्द रहेपनि राजनीतिक मोर्चामा आफू सफल रहेको दावी छ । उनले भने, हामीले कुटनीतिक मोर्चामा जीत हासिल गरेका छौं । कश्मीर मुद्धालाई अन्तराष्ट्रिय करण गरेका छौं । विभिन्न दुताबास र राष्ट्रप्रमुख सँग कुरा गरेका छौं ।

सन १९६५ पछि पहिलो पटक संयूक्त राष्ट्रसंघ सुरक्षा परिषदमा कश्मीर मुद्धालाई लिएर एक शत्र बोलाइएको छ । हामीले यस मुद्धालाई अन्तराष्ट्रिय मिडियाको अगाडि राख्न सफल भयौं ।

खानले भने, मेरो सरकारको नीति थियो कि भारत र अफगानिस्तान सहित अन्य देशसँग शान्तिपूर्ण सम्बन्ध राखिनेछ । दुर्भाग्य, भारत सधैं आतंवादको आरोप पाकिस्तान माथि लगाउने बहाना खोज्न लागिरह्यो । उनले जोड दिदैं भने, मैले भारतसँग भने । तपाईहरु एक कदम बढ्नु हुनछ भने म दुई कदम बढ्ने छु ।हाम्रो मुद्धा कश्मीर हो । तर हरेक पटक भारतसँग बातचितको कुरा गर्नासाथ उनीहरु मुद्धाबाट अलग हुन्छन । साथैं पाकिस्तान माथि आरोप लगाउन शुरु गर्छन ।
क्रिकेटबाट राजनेता बनेका खानले चेतावनी दिदैं भने, यदि भारत र पाकिस्तानबीच युद्ध भएमा यसको प्रभाव विश्वस्तरमा महशुस गरिनेछ ।

उनले भने, परमाणु युद्धमा कसैले जित्ने छैन । यसले न केवल यस क्षेत्रमा आपत पार्ने छ । बल्की यसले पूरै विश्वलाई प्रभावित गर्नेछ । अब यसलाई हेर्नु अन्तराष्ट्रिय समूदायको काम हो । उनले आगामी २७ सेप्टेम्बरमा हुने संयूक्त राष्ट्रसंघ महाभेलामा कश्मीर मुद्धा उठाउने बताए । साथै विश्वका नेतासँग कश्मीर मुद्धाको बारेमा गहन छलफल गर्ने जनाए । अब यस मुद्धामा संयूक्त राष्ट्रसंघको जिम्मेवारी अह्म हुनेछ । मैले कश्मीर जनतासँग संकल्प गरेको छु । उनीहरुको रक्षा गर्ने छु ।

इतिहासमा यहि हुँदै आएको छ । तमाम निकाय हमेशा शक्तिशालिको साथ खडा रहेका छन । उनले डर लाग्दो संकेत गरे । संयुक्त राष्ट्रसंघलाई थाहा हुनु पर्ने छ कि १.२५ अरब मुस्लीम कश्मीर तर्फ हेर्दै छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata