गरिबी हटाउन चीनसँग सिक्दै इमरान खान

आइतवार, कार्तिक २५, २०७५



इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गत शनिबार भने, पाकिस्तान गरिवी उन्मुलनको निम्ती चीन मोडल सिक्दै छ । पाकिस्तानको पूर्वी शहर लाहोरमा एक आश्रय गृहको उद्घाटनको समय उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री इमरानखानले भने, चीनले वितेको तीन दशकमा करिब ७० करोड मानिसलाई गरिबीबाट मुक्ति दिलाउँदै दुनियाँको इतिहासमा अद्धितीय उपलब्धी हासिल गरेको छ ।  चीनको उक्त कार्य पाकिस्तान पनि सिक्दै छ । प्रधानमन्त्री इमरान खान यसै महिनाको सुरुवातमा चीनको आधिकारीक निम्तो स्वीकार गर्दै बेजिङ गएका थिए । प्रधानमन्त्री खान स्वदेश फर्केसँगै पाकिस्तानी सरकार चीन सरकारको सहयोगबाट गरिबी हटाउन लागिरहेको छ ।

खान नेतृत्वको सरकार केहि समय भित्रै गरिबहरुको निम्ती एक गरिबी उन्मुलन प्याकेजको सुरु गर्देैछ ।

247 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank