पाकिस्तानलाई ६ अरब डलर ऋण दिन आइएमएफ मन्जुर

बिहिबार, असार १९, २०७६



एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले गत बुधबार पाकिस्तानलाई ६ अरब डलरको ऋण सहयोग दिन मन्जुरी जनाएको छ । बढ्दो सुरक्षा निकायको खर्च र चरम भ्रष्टाचारको कारण गम्भीर आर्थीक संकटको सामना गरिरहेको पाकिस्तानी अर्थतन्त्रलाई उकास्न आइएमएफले उक्त ऋण सहयोग गरेको हो ।

पाकिस्तानको अर्थमन्त्रालयले सन् २०१८ को अगस्ट महिनादेखि आइएमएफलाई पाकिस्तानी अर्थतन्त्रको बारेमा जानकारी गराउदै गम्भीर आर्थिक संकटबाट मुक्तिको निम्ति ठुलो मात्रामा ऋणको याचना गर्दै आइरहेको थियो ।

पाकिस्तानी सरकारको याचनालाई स्वीकार गर्दै ऋण सहयोग गर्न आइएमएफ तयार भएको डेबिट लिप्टनले बताए । उनले जनाएअनुसार पाकिस्तान सरकारले विभिन्न क्षेत्रमा खर्च कटौती र करको मात्रामा वृद्धि गर्न मन्जुर भएसँगै आइएमएफ ऋण सहयोगको निम्ति राजी भएको हो ।

पाकिस्तानको इकोनोमिक रिफर्म गर्नको निम्ति उनन्चालीस महिना भित्रमा उनीहरुले ६ अरब डलर ऋण सहयोग गर्नेछन । उक्त कुरालाई आइएमएफ प्रवक्ता गेरी राइसले ट्वीट मार्फत पुष्टि गरेकी छिन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata