आइएमईले ल्यायो नयाँ वर्षको आकर्षक उपहार

शुक्रबार, चैत्र ९, २०७४



काठमाडौं । आइएमई लिमिटेडले नयाँवर्ष २०७५ लाई लक्षित गरी ‘नयाँवर्षको बहार आइएमई गर्दा उपहारै उपहार’ नामक ब्यापार प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको छ । २०७४ साल चैत ०१ गतेदेखि जेठ मसान्त २०७५ सम्म गरी तीनमहिना कायम हुने यस योजना अन्तर्गत विदेशबाट आइएमई गर्ने सेवाग्राहीहरूले साप्ताहिक ‘लक्कीड्र’ माडिस होम, मासिक ‘लक्कीड्र’ मास्मार्ट फोन र बम्पर ‘लक्कीड्र’मा ४२ इन्चको एलइडी टिभी प्राप्त गर्ने छन् । योजना अवधिमा गरिएका कारोबारहरुको ‘लक्की ड्र’ ट्रान्जेक्सन नम्बरका आधारमा सफ्टवेयर पद्वति मार्फत हुने र सोको जानकारी कम्पनीका आधिकारिक सामाजिक संजाल पेज र संचारा माध्यममार्फत सार्वजनिक गरिने जनाइएको छ ।
त्यस्तै मलेसियास्थित रिया आइएमईले नेपाली नयाँवर्ष २०७५ को अवसरमा ‘न्यू इयर बोनन्जा’ स्किम सार्वजनिक गरेको छ । यो योजना चैत ०६, ०७४ देखि वैशाख १७, ०७५ (तदनुसार २० मार्चदेखि ३० अप्रील, २०१८ ) गरि ४० दिनसम्म रहनेछ । योजनाअन्तर्गत मलेसियास्थित रिया आइएमईबाट आइएमई गर्नुहुने सेवाग्राहीहरूले पाक्षिक रुपमा स्मार्ट फोन र महिनाको अन्त्यमा ३२ इन्चको एलइडी टिभी प्राप्तगर्न सक्नेछन् ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७ औँ वर्षसम्ममा नेपालका शहरीतथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ६० आइएमई सेन्टर सहित ७५ जिल्लाका ७ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःखगरि कमाएको रकम देशका विभिन्न स्थानमा रहेकाआफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

94 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank