बाराहीघाटमा ८ औं लिटरेचर फेस्टिबल शुक्रबारदेखि

बुधबार, मंसिर २५, २०७६



कास्की । आइएमई नेपालको लिटरेचर फेस्टिबलको ८औं संस्करण पोखरामा हुने भएको छ । शुक्रबारदेखि पोखरास्थित लेकसाइडको बाराहीघाटमा  लिटरेचर फेस्टिबल हुने भएको हो । बुकवर्म फाउन्डेसन र र्यान्डम रिडर्स सोसाइटीकोको आयोजनामा फेष्टिबल हुँदैछ ।

फेस्टिबल मंसिर २७–३० गतेसम्म आयोजना हुने छ । बुकवर्म फाउन्डेसनका निर्देशक अजीत बरालले फेस्टिबलमा अघिल्ला संस्करणभन्दा यसपटक नयाँ वक्तालाई आमन्त्रण गरिएको जानकारी दिए । ‘शुरुका संस्करणमा एउटै अनुहार दोहोरियो भन्ने धेरै गुनासा र सुझाव आयो,’ उनले भने, ‘यसपटक हामीले ९८ प्रतिशत नयाँ वक्तालाई फेस्टिबलमा ल्याउन लागेका छौं ।’

४ दिनसम्म चल्ने फेस्टिबलमा १ सय १० भन्दा बढी वक्ता सहभागी हुनेछन् । कार्यक्रम एक दर्जनभन्दा बढी विदेशी लेखक सहभागी हुने बरालले जानकारी दिए । फेस्टिबलमा अन्तर्राष्ट्रिय लेखकहरूको पनि उपस्थिति हुनेछ । फेस्टिबलमा ४० भन्दा बढी सेसन समावेश गरिएको छ ।

फेस्टिबलको पहिलोदेखि ४ संस्करण काठमाडौंमै गरिएको थियो । ५ औं संस्करणदेखि पोखरामा आयोजना गर्न थालिएको हो । फेस्टिबलको अर्का आयोजक संस्था र्यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले फेस्टिबलले पोखरेली साहित्य उजागर गर्न मद्दत पुगको दाबी गरे ।

साहित्य महोत्सवले युवा पाठकमाझ पठन संस्कृतिमा उत्प्रेरकको भूमिका खेलेको आयोजकको दावी छ । महोत्सवमा दक्षिण एसियाली राष्ट्रको सर्वोत्कृष्ट पुरस्कार डिएससी पनि प्रदान गरिने छ । २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशी बराबरको उक्त पुरस्कार दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले ८ वर्षदेखि प्रदान गर्दै आएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments