आइएमई लाइफइन्स्योरेन्स र नेपाल बंगलादेशबीच बैंक अस्योरेन्स सम्झौता

बिहिबार, साउन २४, २०७५



काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र नेपालबंगलादेश बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र नेपाल बंगलादेश बैंक लिमिटेडका तर्फबाट नायब कार्यकारी अधिकृत श्री सुरेन्द्र भुषण श्रेष्ठले हस्ताक्षर गरका छन् ।

सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका ग्राहकहरुले नेपाल बंगलादेश बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्तगर्न सकिने जनाएको छ ।

आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ५० स्थानबाट बिभिन्न शाखा मार्फत सेवा प्रदानगर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ ।कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता आजिवन लगायतका बीमा योजना ल्याएको छ ।

आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यून भन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवनबीमामा पहुँच पु¥याई नेपालमा जीवनबीमा बिस्तार गर्नु रहेको छ ।

163 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank