अब पाकिस्तान भारतसँग वार्ता गर्न इच्छुक छैन: प्रधानमन्त्री खान

शुक्रबार, भदौ ६, २०७६



एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भनेका छन, अब उनको देश भारतसँग वार्ता गर्न इच्छुक छैन ।

उनले भारतको कारण आफ्नो देश पाकिस्तान शान्ति वार्ता गर्न इच्छुक नरहेको बताए । प्रधानमन्त्री खानले द न्यूयोर्क टाइम्ससँग कश्मीर मामिलामा बातचित गर्दै भनेका छन, पाकिस्तानको शान्ति वार्ता प्रस्ताव भारतले कयौं पटक अस्विकार गरेको छ । जम्मु कश्मीरलाई दिएको विशेष दर्जा भारतले खारेज गरेसँगै उनले दुई प्रमाणु शक्ति सम्पन्न मुलुकबीच सैन्य तनाव बढ्ने डर रहेको जनाएका छन।

खानले प्रष्ट भाषामा भने, भारतसँग बातचित गर्नुको कुनै मतलव छैन । मेरो मतलव यो हो कि, मैले हरेक तवरले भारतसँग कुरा गरे । दुर्भाग्वश म अब पछाडि फर्केर हेर्दैछु । मलाई लाग्छ कि मेरो तर्फबाट शान्ति र सम्वादको निम्ति गरिएका तमाम प्रायसलाई भारतले तुष्टिकरणको रुपमा लियो ।

प्रधानमन्त्री खानको आरोपलाई अमेरिकाको लागि भारतीय राजदूत  हर्षवर्द्धन श्रृंगलाले अस्विकार गरेका छन । खानको वयानपछि राजदूत  हर्षवर्द्धन न्यूयोर्क टाइम्सको सम्पादकसँग भेट्न अफिस पुगेका थिए ।  हर्षवर्द्धन नले भने, हामी आसा गर्छाै कि पाकिस्तान आतंकबाद विरुद्ध विश्वसनिय, अपरिवर्तनीय र सत्यापित कार्बाही गर्नेछ ।

भारतले सन २०१६ मा पठानकोर्टमा भएको आतंकवादी हमला पछि पाकिस्तानसँग वातचित बन्द गरेको थियो । वार्ता र आतंकबाद संगसंगै चल्न नसक्ने भन्दै भारतले पाकिस्तानसँग वातचित गर्न अनिच्छुक बन्दै आइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata