भन्सार छली ल्याइएको ५२० थान मोबाइल बरामद

मङ्लबार, साउन १४, २०७६



धनुषा । भन्सार छली भारतबाट ल्याएको मोबाइल धनुषा प्रहरीले बरामद गरेको छ । घरमा लुकाएर राखेको ५ सय २० थान मोबाइल प्रहरीले गोप्य सुचनाका आधारमा बरामद गरेको हो ।

धनुषाको मुख्यापट्टी मुसहरनिया गाउँपालिका–५ जमुनिघाटस्थित सुरेश यादवले फुसको घरमा लुकाई छिपाई राखेको मोवाइल प्रहरीले बरामद गरेको हो ।

प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा मोबाइल बरामद गरेको हो ।

महालक्ष्मी मोबाइल पसलका सञ्चालकसमेत रहेका यादवले आईटेल कम्पनीका १६ सय मोडलको मोबाइल बरामद गरी भन्सार कार्यालयमा दाखिला गर्ने तयारी भएकोे धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata