नवनियुक्त आईजीपी ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान

बुधबार, माघ २९, २०७६



काठमाडौं । नव नियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।  नवनियूक्त आईजीपीलाई बुधबार गृहसचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिह्न प्रदान गरेका हुन ।

दर्ज्यानी चिन्ह ग्रहण पश्चात आईजीपी ज्ञवालीले ‘प्रहरीमा गैरव्यवसायिक आचरण निर्ममता पूर्वक निर्मूल गर्ने प्रतिबद्धता जनाए । उनले भने ,म प्रहरी महानिरीक्षकको हैसियतले सबैमा विश्वास दिलाउन चाहन्छु, नेपाल प्रहरीले सम्पादन गर्ने हरेक जिम्मेवारी व्यवसायिक, पारदर्शी तबरबाट सम्पादन हुनेछन् ।’

 संविधानको सफल कार्यान्वयन, विधिको शासन कार्यान्वयन गर्न दृढ रुपमा लागि पर्ने अठोट व्यक्त गरे ।  उनले आज प्रहरी प्रधान कार्यालय पुगेर कार्यभार समालेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments