व्यक्ति हेरेर काम गर्ने संकार गलत हो : प्रहरी महानिरिक्षक खनाल

आइतवार, बैशाख २, २०७५



काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ‘व्यक्ति हेरेर काम गर्ने संस्कार गलत भएको बताएका छन् । आइतबार विहान प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित ब्रिफिङ कार्यक्रममा खनालले ब्यक्ति हेरर काम नगर्न र कुनै प्रलोभनमा नपर्न’ मातहतका प्रहरी अधिकारीहरूलाई निर्देशन  दिए ।

उनले प्रहरीमा व्यक्ति हेरेर काम गर्ने गलत संस्कार मौलाएको टीप्पणी गर्दै यसको अन्त्य गरी सबैलाई समान व्यवहार गर्न आवश्यक रहेको बताए ।

जनतामाझ खस्किँदै गएको प्रहरीको छवि सुधार्नका लागि इमानदार भएर काम गर्नुपर्नेमा खनालले जोड दिएका छन् । उनले आइतबार उपत्यकाभित्र कार्यरत जुनियरदेखि सिनियर प्रहरीसँग ब्रिफिङ लिएका छन् ।

117 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank