रमेश खरेललाई राजीनामा नदिन नव नियूक्त आइजीपी खनालको आग्रह

बुधबार, चैत्र २८, २०७४



काठमाडौं । नेपाल प्रहरीको आइजीपीमा नियूक्त नभएपछि राजीनामा दिने घोषणा गरेका डिआइजी रमेश खरेललाई नब नियूक्त आइजीपी सर्वेन्द्र खनालले राजीनामा नदिन आग्रह गरेका छन् ।

प्रहरी प्रवेश गर्दा एक दिन शीर्षस्थ स्थानबाट नेपाल प्रहरीलाई हाँक्ने सपना भएका खरेलले कुनै गल्ती नगरेको र अबसर नपाएको भन्दै हिन भावना बोकेर संगठनमा बस्दा नतिजा दिन नसकिने भन्दै राजीनामा दिने घोषणा गरेका थिए ।

२८ वर्षसम्म प्रहरी संगठनमा सँगै मिलेर काम गरेका खनालले भने खरेललाई सेवाबाट अलग नहुन आग्रह गरेका छन् । संगठनलाई अझ बलियो बनाउन सेवाबाट अवकाश नदिई खरेलले साथ दिनुपर्ने खनालले आग्रह गरे । प्रहरी प्रमुख सरकारले विधि र प्रक्रियामा रहेर चयन गर्ने हुदाँ त्यसमा दुखी नहुन पनि खनालले खरेलसँग आग्रह गरेका छन् ।

‘मैले हिजो पनि रमेशलाई भेटेको थिए, यसलाई नकरात्मक रुपमा नलिन भनेको छु, ‘खनालले भने, ‘आज पनि भेटेरै राजीनामा नदिन भन्छु ।’ उनले भने ‘प्रहरी प्रमुख चयनमा सरकारका पनि केही योजना होलान्, त्यसलाई मैले पुरा गर्छु जस्तो लाग्यो होला त्यसैले नियुक्त भएँ।’

नेपाल प्रहरीको महानिरीक्षकमा खरेल पनि दाबेदारी थिए, तर सहब्याची सर्वेन्द्र खनाललाई सरकारले नियुक्ति गरे । २९ वर्ष नेपाल प्रहरीको सेवा गरेका खरेलले प्रहरी प्रमुखमा नियुक्त भएका सर्वेन्द्र खनाल बधाई पनि दिएका छन् ।

282 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank