इजरायली स्पेशल फोर्सको कारबाहीमा हमास कमाण्डर मारिए

सोमवार, कार्तिक २६, २०७५



गाजापट्टी । इजरायली सेनाको स्पेशल फोर्सले गरेको एक कारबाहीमा प्यालेस्टाइनको नेता मारिएको जनाएको छ । गाजापट्टीमा लुकेर बसेका हमास कार्यकर्तालाई लक्षित गर्दै गरिएकाे   हवाई हमलामा सात प्यालेस्टाइनी हमास कार्यकर्ता मारिएका छन् ।

जसमा हमासको कमाण्डर समेतको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । आइतबार राती इजरायली स्पेशल फोर्सले गाजापट्टीको दक्षिणी शहर खान युनिसमा नागरिक वाहनमा गरिएको रकेट आक्रमणमा परि नौर बराका नामका कमाण्डर मारिएका हुन् ।  उनी हमास संगठनका सशस्त्र अल कासम बिग्रेडका प्रमुख कमाण्डर थिए । हमासका वरिष्ट अधिकारी गाजी हमदले मिडियालाई जनाए अनुसार इजरायली सेना खान युनिसमा प्रवेश गर्दै नौर बराका र एक अन्य कमाण्डरलाई मारिदिए ।

हमास प्रवक्ता फाजी बारहमले इजरायली सेनाको उक्त कार्यको निन्दा गरेका छन्। इजरायली सेनाले गरेको अपरेशनको दौरानमा लागेको आगोमा एक इजरायली सेनाको ज्यान गएको जनाएको छ । गाजापट्टीमा घटेको उक्त घटना पछि प्यालेस्टानमा फेरि राजनैतिक तनाब बढेको छ ।

फ्रान्स भ्रमणमा रहेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संकटलाई समाधान गर्न इजरायल फर्कदैछन् । पछिल्लो दिनमा हमासका प्रमुख नेताहरुलाई लक्षित गर्दै चलाएको कारबाहीले नयाँ द्वन्दको जन्म लिने आशंका बढीरहेको छ ।

सन १९४८ मा इजरायलको स्थापना गरिएपछि भएको राजनैतिक संघर्षमा करिब ७ लाख ५० हजार प्यालेस्टाइनीहरुको घर सेनाले ध्वस्त बनाइसकेको छ । गाजापट्टीमा निकालिएको विरोधमा जनाए अनुसार इजरायली सेनाले ६ महिना भित्रमा २१० प्यालेस्टाइनीलई मारेको छ भने १८ हजारलाई घाइते बनाएको हमासले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata