आइएमएस मोटर्सको नयाँ एक्स्क्लुजिभ शोरुम नक्सालमा

आइतवार, पुस ३, २०७३

loading...


काठमाडौ । मोबाइल सेग्मेन्टमा नेपालकै नं. १ कम्पनी आइएमएस ग्रुपले आइएमएस माटर्स् मार्फत कोरियाको प्रिमियम लक्जरी सुुभ उत्पादन गर्ने कम्पनी साङयङका उत्कृष्ट गाडीहरुको विक्री वितरण प्रारम्भ गरेलगत्तै आइएमएस मोटर्स् एक्स्क्लुजिभ शोरुम – साङयङको उद्घाटन  गरेको छ ।
उद्घाटन कार्यक्रम काठमाडौंको नक्सालमा (प्रहरी हेडक्वार्टर अगाडि) साङयङ शोरुममा भएको थियो ।

शोरुमको उद्घाटन भने नेपालका लागि रिपब्लिक अफ कोरियाका राजदूत तथा चो यंग–जिनज्यूले गरेका थिए भने आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, प्रेसिडेन्ट तथा सिइओ दिकेश मल्होत्राले साथ दिएका थिए ।

उत्त शोरुमको उद्घाटनको खुशीयाली सँगै आउँदो क्रिश्मस तथा नयाँ वर्ष २०१७ को उमँग मनाउन कम्पनीले आफ्ना ग्राहकहरुका लागि आइएमएस मोटर्स् मार्पmत साङयङका गाडीहरुका खरिदमा रु. ५ लाखसम्मको नगद छुटको व्यवस्था समेत गरेको छ । उक्तअफर १८ डिसेम्बर २०१६ देखि ६ जनवरी २०१७ सम्म लागू हुने कम्पनीले जनाएको छ ।

आइएमएस मोटर्स्को शोरुम शहरको केन्द्रीय भाग नक्सालमा प्रशस्त पार्किङ्ग स्पेश सहित अवस्थित छ । सो स्टेट–अफ–आर्ट शोरुममा ग्राहकहरुलाई विशिष्ट सेवा पु¥याउन उन्नत तालीमप्राप्त स्टाफ तथा अन्य सेवाहरुको उपस्थिति रहेको छ ।

483 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv