इन्दौरको होटलमा भिषण आगलागी

सोमवार, कार्तिक ४, २०७६



एजेन्सी  । भारतको मध्य प्रदेशस्थित इन्दौरको विजयनगर थाना नजिकैको एक होटलमा भिषण आगलागी भएको छ  । गोल्डन होटल नामको उक्त बिल्डिङको आसपास अन्य भवनहरू रहेकाले सुरक्षा सतर्कतालाई विशेष चासो दिइएको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्  ।

प्राप्त जानकारी अनुसार बिल्डिङबाट सम्पूर्ण नागरिकलाई सकुशल बाहिर निकलैएको छ  । दमकल लगायत अग्नि नियन्त्रक यन्त्रलाई समेत उक्त आगलागीबाट काबू पाउन घन्टौं लागेको बताइएको छ  ।

आगलागी के कारणले भएको र यसले कति क्षति पुर्याएको छ, यसबारे थप जानकारी आउँन बाँकी छ  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata