नेपाललाई जिम्बावेको कडा चुनौती

आइतवार, फाल्गुन २०, २०७४



काठमाडौँ । आईसीसी वल्र्डकप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा टस हारेर बलिङको निम्तो पाएको नेपाललाई जिम्बावेले कडा चुनौती दिएको छ । निर्धारित ५० ओभरमा जिम्बाबेले ६ विकेट गुमाएर ३ सय ८० रन बनायो । नेपाललाई जिम्बावेले ३ सय ८१ रनको लक्ष्य दिएको हो ।

जिम्बावेसँगको भेट नेपालको टेस्ट राष्ट्रसँग वान डे क्रिकेटमा पहिलो हो । गत महिना नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ मा उपविजेता हुँदै नेपाल एकदिबसीय विश्वकपको छनोटमा पुगेको हो । जिम्बावेले भने सन् १९८३ यता विश्वकपमा लगातार सहभागिता जनाउँदै आएको छ । नेपाल रहेको समुह बीमा आयोजक जिम्बावेसहित अफ्गानिस्तान, स्कटल्याण्ड र हङकङ छन् । आजै अफ्गानिस्तान र स्कटल्याण्डबीच पनि प्रतिस्पर्धा हुँदैछ । यस्तै, समुह एका आयरल्याण्ड र नेदरल्याण्डस् तथा पपुवा न्यु गिनी र युएई पनि मैदान उत्रनेछन् ।

१० राष्ट्र सहभागी प्रतियोगिताको फाइनलमा पुग्ने टोली अर्को बर्ष इंग्ल्याण्डमा हुने विश्वकपमा छनोट हुनेछन् । शीर्ष ८ मा रहने मुलुकले आगामी ४ वर्षका लागि वान–डे मान्यता पाउनेछ । पुछारका दुई टोली भने डिभिजन टु मा घटुवा हुनेछन् ।

261 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank