न्युजिल्यान्डको लगातार तेस्रो जित

आइतवार, जेष्ठ २६, २०७६



एजेन्सी । शनिबार राती सम्पन्न आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले लगातार तेस्रो जित हात पारेको छ । न्युजिल्यान्डले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो ।

अफगानिस्तानले दिएको १ सय ७३ रनको सामान्य लक्ष्य न्यूजिल्याण्डले ३२ ओभर १ बलमा ३ विकेट गुमाएर पुरा गर्यो ।उसका लागि कप्तान केन विलियाम्सनले अविजित ७९ रन बनाए भने रोस टेलरले ४८ रनको योगदान दिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४१ ओभर १ बलमा अलआउट हुँदै १ सय ७२ रन बनाएको थियो । अफगानिस्तानका लागि हस्मतउल्लाह साहिदीले ५९ रन जोडे पनि अन्य ब्याट्सम्यान जम्न सकेनन् ।

बलिङतर्फ न्यूजिल्याण्डका जेम्स निशमले ५ विकेट तथा लोकी फर्गुसनले ४ विकेट लिए ।

जितसँगै ३ खेलबाट ६ अंक जोडेको न्यूजिल्याण्ड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अफगानिस्तानले भने लगातार तेस्रो हार ब्येहोरेको छ र अंक तालिकाको अन्तिममा छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata