कप्तान रोहितले पुरा गरे अर्धशतक

शुक्रबार, चैत्र २९, २०७५



एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ विश्वकप एक दिवसीय एशिया छनोट प्रतियोगिता  सिंगापुर र नेपालबीचको खेल मलेसियाको क्वालालाम्पुरमा जारी छ । टस हारेर पहिला ब्याटिङ थालेको नेपालले २५ ओभरमा ५ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको छ ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४९ बलमा अर्ध शतक पुरा गरेका छन् । रोहित ४९ बलमा ५ चौका प्रहार गर्दै ५० रनमा खेलि रहेका छन् । रोहितलाई कुशल मल्लले ४ रन बनाई साथ दिएका छन् ।

ओपनर पवन सरार्फ अर्ध शतक पुरा गर्न ३ रनले चुके । सरार्फले ५३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४७ रनमा आउट भए । सरार्फलाई १९ ओभरको तेस्रो बलमा अथर्व गनीले सुदर्सनबाट क्याच गराए ।

नेपालले पहिलो विकेटका रुपमा दोस्रो ओभरको चौथो बलमा राहुल शर्माले रित गौतमलाई १ रनमा विकेटकीपर अमन देसाईबाट क्याच गराए । दोस्रो विकेटका रुपमा आशिफ शेखलाई राहुललेनै देसाईबाट ८ रनमा क्याच गराउदै पेभिलिएन फर्काए ।

सुरुवाती दुई विकेट सस्तैमा गुमाएको नेपालले तेस्रो विकेटका लागि कप्तान रोहित कुमार पौडेलले र पवन सरार्फले ९० रनको साझेदारी गर्दै बलियो अवस्थामा पुर्याए । लगत्तै २० ओभरको दोस्रो बलमा सन्दीप जोरा डक आउट भए ।

भिम सार्कीले आक्रमक रुपमा ब्याटिङगर्दै १९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २६ रनमा आउट भए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank